Like us on facebook

Advertisements

  • ‘भोर’ अभिनेत्री ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा ‘जुरी प्रोत्साहन सम्मान’ बाट सम्मानित

    कलिउड अपडेट ।
    दाईजो प्रथामा बनेको यादब कुमार भट्टराई निर्देशित चलचित्र ‘भोर’ अभिनेत्री पूजा कर्ण राष्ट्रिय चलचित्र पुरस्कार अन्तर्गत जुरी प्रोत्साहन सम्मान बाट सम्मानित भएकी छन । शुक्रबार राजधानीमा सम्पन्न कार्यक्रममा राष्ट्रपती बिद्यादेवी भण्डारी द्वारा कर्णलाई उक्त सम्मान प्रधान गरिएको हो ।

    तराइमा ब्याप्त दाईजो प्रथा र त्यसले मानबिय जीवनमा परेको असरलाई चलचित्रमा देखाइएको छ । चलचित्रमा पूजा शारिरिक रुपमा असक्त भएपनी न्यायको लागि लड्दा थुप्रै बाधा अड्चनको सामना गर्दै गरेको द्रिश्यहरु समाबेश छ ।
    चलचित्र भोर मा काम गरे पछी राष्ट्रको यती ठुलो सम्मान बाट सम्मानित हुन पाउदा आफु निकै खुशी भएको बताइन । मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको चलचित्र भोरमा रामनारायण ठाकुर , डली सरकार , प्रमेश झा, अनितारानी मण्डल, विष्णुकान्त झा, राजेश सक्सेना, बिएन पटेल, पुजा कर्ण लगायतका कलाकारले अभिनय गरेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4