भादं्र २८ , कलिउड अपडेट
देशका लागि कुशल नेतृत्व छान्ने अभियान ‘पब्लिक स्पिकर’ नेपालको ललितपुर अडिसन पनि सम्पन्न भएको छ । ललितपुरका विभन्न कलेजका विद्यार्थीहरु माँझ भएको अडिसनबाट ९ यूवाहरुलाई ग्रयान्ड फाईनलका लागि छनौट गरिएको हो । छनौट हुनेमा एक दृष्टीविहिन विद्यार्थी आश्मा अर्याल सहित कुसुम भट्ट, लता भट्टराई, सनाया जोशी, पवित्रा भट्टराई, प्राप्ती खड्का, जुजुना दाहाल, सुरेश नेपाल र सुस्मिता कार्की रहेका छन् ।
दृष्टीविहिन विद्यार्थी आश्मा अक्सबृज कलेजमा अध्ययनरत छात्रा हुन जसले आफ्नो वाककलामा सम्भावनाका ढोकाहरु प्रशस्त देखाएकी छिन् । एक हप्ता अघि पश्चिमाञ्चल अडिसनबाट फाईनल लागि ७ जना यूवाको छनौट गरिसकेको चंखे यूनिटले काठमाण्डू अडिसन पनि सुरु गरिसकेको छ ।
असोज ८ देखि देशब्यापी प्रर्दशन हुन लागेको फिल्म चंखे शंखे पंखे यूनिटको आयोजना भई रहेको यो प्रतियोागितालाई केवल एक पटकको प्रतियोगिताको रुपमा नभई ब्रान्ड प्याजेन्टका रुपमा स्थिापित गरेर लैजाने फिल्मका मार्केटिङ कन्सलट्यान्ट सुशिल बुढाथोकीले जनाएका छन् । उनका अनुसार जसरी मिस नेपाल प्रतियोगिता हरेक बर्ष हुन्छ त्यसैगरी पब्लिक स्पिकर नेपालको ब्रान्डलाई स्थिापित गर्दै हरेक बर्ष विभिन्न शिर्षकमा पब्लिक स्पिकर नेपाल मार्फत देशका लागि सक्षम यूवा छनौट गरिनेछ ।
यस्तै फिल्मका निर्माता सन्तोष सेनले पनि यो प्रतियोगिता केबल फिल्म चलुनजेल सम्मका लागि नभई दीर्घकाल सम्म चल्ने बताएका छन् । उनले हरेक बर्ष आफूले फिल्म निर्माण गर्ने र फिल्म संग जोडेर यो प्रतियोगितालाई भिन्न प्रकृतिले निरन्तरता दिने बताएका छन् ।
आगामी असोज २ गते काठमाण्डूमा हुने ग्रयाण्ड फाईनलमा बिजेता हुने तीन प्रतियोगिले क्रमश १ लाख ५० हजार र २५ हजार सहित चंखे शंखे पंखे अवार्ड जित्नेछन् । चंखे शंखे पंखे आधुनिक राष्ट्रियताको बिषयमा निर्माण गरिएको हो फिल्म हो जसलाई मेरो एउटा साथी छ र धन्दा जस्तो शक्तिशाली फिल्म निर्देशन गरेका निर्देशक सुर्दशन थापाले निर्देशन गरेका हुन ।