Like us on facebook

Advertisements

  • प्रोडक्सन कम्पनी खोल्दै निर्मात्री बनिन् नम्रता

    namrata
    पाैषा १ ।

    ‘यो कथामा फिल्म बनाउने भनेर प्रशान्त र म विगत दुई वर्षदेखि कुरा गरिरहेका थियौ।’ आफू पहिलो पटक निर्मात्री बनेको सिनेमा ‘सोल सिस्टर’को ट्रेलर लन्च, रिलिज मिति तथा मनोरञ्जन कम्पनी ‘हाइली हाइ इन्टरटेनमेन्ट’को घोषणा गर्न आयोजित कार्यक्रममा सिनेमाका बारेमा बोल्दै अभिनेत्री नम्रता श्रेष्ठले भनिन्।
    उनले सिनेमाको विषयवस्तु अत्यन्त राम्रो भएकोले बक्स अफिसमा पनि राम्रो गर्ने अपेक्षा गरेको बताइन्। सिनेमा माघ १ गते रिलिज हुनेछ। यससँगसँगै सिनेमाको औपचारिक प्रचारप्रसार पनि सुरू भएको छ।
    ‘आफ्नो सोच अनुसारको काम गरौ भनेर कम्पनीको सुरूवात गरेकी हूँ।’ ‘हाइली हाइ इन्टरटेन्मेन्ट’ सुरू गर्नूको उद्देश्य खुलाउँदै उनले भनिन्। नम्रताको कम्पनीले सिनेमा निर्माणसँगसँगै संगीत तथा विभिन्न इभेन्टका कार्यक्रमहरू गर्नेछ।
    आफ्नै रेष्टुरेन्ट ‘एटिक’मा आयोजित कार्यक्रममा सिनेमाको ट्रेलर संचार मन्त्री डा. मिनेन्द्र रिजालले सार्वजनिक गरे। सोही कार्यक्रममा सिनेमा आगामी माघ एक गते रिलिज हुनेछ। सिनेमालाई सिक्किमेली निर्देशक प्रशान्त रसाईलीले निर्देशन गरेका हुन्। रसाईलीले यसअघि भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित ‘आचार्य’ तथा ‘कथा’ निर्देशन गरेका थिए। ‘सोल सिस्टर’लाई स्वयंम प्रशान्तले लेखेका हुन्।
    ट्रेलर हेरेपछि संक्षिप्त प्रतिक्रिया दिँदैं संचारमन्त्रीले फिल्मको ट्रेलरबाट आफूले सिनेमा गुणस्तरीय बनेको आशा रहेको बताए। सिनेमामा ‘माया पात्रको भूमिकामा रहेकी नम्रताका अलावा सिक्कमेली कलाकारहरू दिपक शर्मा तथा शकुन्तला वैध ,बैंकर रविना देशराज श्रेष्ठ तथा राजेश हमाल मुख्य भुमिकामा रहेका छन्।
    प्रशान्तको कामबाट आफू प्रभावित रहेकाले सिनेमा खेलेको प्रतिक्रिया महानायक राजेश हमालले दिए। सस्पेन्स थ्रिलर कथा रहेको सिनेमालाई काठमाडौं, सिक्किम तथा दार्जिलिङमा छाँयाङ्कन गरिएको हो। नम्रताको कम्पनीले सिनेमा निर्माणसँगसँगै संगीत तथा विभिन्न इभेन्टका कार्यक्रम गर्ने जानकारी पनि सो कार्यक्रममा दिइयो।
    news source – seto pati

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4