Like us on facebook

Advertisements

  • प्रियंका कार्कि र कुरा ११ करोडको , आर्यनको लागी महत्वपूर्ण बटरफ्लाइ

    पुस २३ , कलिउड अपडेट ।
    पौष २८ बाट प्रर्दशनमा आउने चलचित्र बटरफ्लाइले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नायीका प्रियंका कार्कि कार्यक्रम सुरु भइसके पछि आइपुगिन् । पत्रकारहरुले उनीमाथि बिभिन्न प्रश्नहरु गरे , प्रियंका आफूमाथि लागेका र लगाइएका बिभिन्न आरोपहरुको खण्डन गर्दै गइन् । प्रश्न आयो व्याकटु व्याक फिल्म रिलिज हुनु र प्रचारप्रसारमा कम देखिनु को । यस बिषयमा बोल्दै नायीका प्रियंकाले आफूलाइ बलिउड मा जस्तै कुनै निर्माताले ११ करोड दिए बर्षदिन भरि एउटै फिल्मको लागी दौडिने बताइन् ।


    उनको यो उत्तरले पछिल्लो समय यति पारिश्रमिक लिए उति पारिश्रमिक लिए भने पनि एउटा कलाकारले छनौट गरेर फिल्म खेले जिवन चलाउनै गाह्रो रहेछ भन्ने आषय चै झल्किन्थ्यो । तर उनले कार्यक्रममा बोल्दै आफ्नो काम देखेर नै निर्माताहरुले दोहोर्याइरहेको बताएकि छिन् ।
    यता नायक आर्यन अधिकारी आफ्नो लागी बटरफ्लाइ ज्यादै महत्वपूर्ण फिल्म भएको बताएका छन् । आर्यनको यो प्रर्दशनको हिसावमा दोश्रो फिल्म हो । यस अघि रिलिज भएको के म तिम्रो होइन र बाट राम्रो प्रतिकृया पाएका थिए । चलचित्र बटरफ्लाइ यहि पौष २८ गते बाट प्रर्दशन हुदैछ । चलचित्रलाइ ओम प्रतिक गुरुङले निर्देशन गरेका हुन् भने निर्माण रामशरण राना , भुपेन्द्र सुवेदी र पुस्पान्जली अधिकारी सखा ले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता रमेश प्रजापति हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4