चैत्र ६ , कलिउड अपडेट ।
नायक दयाहाङ राइ र नायीका प्रियंका कार्किको जोडि पछिल्लो समयको नेपाली फिल्मी मार्केटमा जमेको जोडि हो । यो जोडिलाइ फेरी चलचित्र लालटिनमा हेर्न सकिन्छ ।
लालटिनको एक गित सार्वजनिक भएको छ । सार्वजनिक गितमा चमेली बनेकि प्रियंका कार्किले हट डान्स दिएकि छिन् । देव कुमार श्रेष्ठको निर्देशनमा तयार चलचित्र लालटिनको सार्वजनिक यस गितमा किरण माइकलको शव्द संगित एव आस्था राउतको श्वर रहेको छ ।
दयाहाङ राइ , प्रियंका कार्कि , केकि अधिकारी , अर्जुन जंग शाहि ,भानु प्रताप, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको चलचित्र लालटिनमा हरि घलेको छायांकन , कबिराज गहतराजको कोरियोग्राफि रहेको छ । भानु प्रतापको प्रस्तुति लालटिनलाइ अनिम श्रेष्ठ र राज केसिले निर्माण गरेका हुन् । चलचित्र जेठ अन्तिम बाट प्रर्दशनमा आउने छ ।