Like us on facebook

Advertisements

  • भारतिय सुप्रसिद्ध स्कृनराइटर काठमाण्डौमा

    मंसिर २७ , कलिउड अपडेट ।
    चलचित्र सफल हुनु अथवा असफल हुनु मा कथा पटकथाको मुख्य हात हुन्छ । अर्थात कथापटकथा नै चलचित्रको मेरुदण्ड हो । चलचित्र हेरिरहँदा दर्शकलाइ होल्ड गर्ने पनि कथा पटकथा नै हो ।


    नेपाली चलचित्रमा उत्कृष्ट स्कृप्ट लेखकको सदैव अभाव महसुस गरिदै आएको छ । यहि अभाव लाइ महसुस गर्दै कान्तिपुर फिल्म एकेडेमिले डिसेम्बर १४ र १५ तारिखमा २ दिने स्कृनराइटिङ्ग वर्कसप आयोजना गर्दैछ । भारतिय चलचित्रमा बिगत २५ बर्ष देखि फिल्म लेखनमा सक्रिय अन्जुम राजाबलि यो वर्कसपको लागी कान्तिपुर फिल्म एकेडेमिको बिषेश अनुरोधमा काठमाण्डौ आएका छन् । राजधानिमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा दुइ दिने स्कृनराइटिङ्ग वर्कसपको बारेमा जानकारी दिइयो । सत्याग्रह , चक्रव्यूह , गुलाम , कच्चे धागे , आरक्षण , राजनीति , अपहरण , द्रोहकाल , द लेजेन्ड अफ भगत सिंह , चाइना गेट जस्ता चलचित्र लेखन गरिसक्नु भएका राजाबली दक्षिण एसियाकै उत्कृष्ट फिल्म स्कुल विस्लिङ्गउड इन्टरनेशनल का स्कृनराइटिङ्ग हेड हुनुहुन्छ । जस्को सस्थापक सुभास घाइ हुन् । यस्तै उहाँ Film & Television Institute Of India ( FTII) मा पनि स्कृनप्ले राइटिङ्ग हेड हुनुहुन्छ ।

    कान्तिपुर फिल्म एकेडेमिले आयोजना गरेको यो वर्कसप नेपाल टुरिजम बोर्डको प्रेक्षालयमा बिहान ९ बजेदेखि साँझ ७ बजे सम्म चल्ने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4