कलिउड अपडेट ।
बहुप्रतिक्षित चलचित्र प्रेमगीत ३ को ‘गीत’ क्यारेक्टर को बन्ला भनेर कौतुहलता बढिरहेको समयमा यो कौतुहलता मेटिएको छ । प्रेम गीत ३ मा गीतको रुपमा फिल्म यूनिटले पाएको छ एक उत्कृष्ट कलाकार क्रिष्टिना गुरुङ । परिवार संग अमेरीकामा बस्दै आएकि क्रिस्टिना प्रेम गीतको २५ जना सर्टलिष्टमा परे पछि अडिसन दिन नेपाल आएकि थिइन् ।
करिब २७ सय ले गीत पात्रको लागी आवेदन दिएका थिए ।
गीत क्यारेक्टरका लागी चाहिने लुक्स , अभिनय क्षमता का आधारमा क्रिष्टिनालाइ छनौट गरिएको निर्माता सन्तोष सेनले बताएका छन् । क्रिस्टिनाले अव युवा स्टार प्रदिप खड्का संग स्कृन शेयर गर्ने छिन् । चैत्र २८ मा रिलिज हुने प्रेमगीत ३ मा प्रदिप र क्रिस्टिना संगै शिव श्रेष्ठ , मनिस राउत , सुनिल थापा , अनुभव रेग्मी लगायतका कलाकार पर्दामा देखिने छन् । चलचित्रलाइ छेतन गुरुङ र सन्तोष सेनले निर्देशन गर्दैछन् ।