‘प्रेमगीत ३’ को पहिलो गीत ‘हात्ति ढुंगामा’ सार्वजनिक

कलिउड अपडेट ।
बहुप्रतिक्षित चलचित्र प्रेमगीत ३ को पहिलो गीत हात्ति ढुंगामा सार्वजनिक गरिएको छ । चलिरहेका फिल्मी गीत भन्दा फरक स्वाद दिने यो गीतमा कल्याण सिं को संगीत रहेको छ , हर्क साउदको शव्द रहेको छ भने मेलीना राइ र सागर आले ले आवाज दिएका छन् ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका प्रमुख अभिनेता प्रदीप खड्का र नवअभिनेत्री क्रिस्टिना गुरुङ फिचर्ड छन् । निकै मेहनतका साथ मनाङमा खिचिएको गीतको भिडियोमा प्रदीप र क्रिस्टिनालाई फरक गेटअपमा देख्न सकिन्छ ।

छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेको चलचित्रलाई राजेश श्रेष्ठले खिचेका हुन् । कुमार शान शाह र ओएसआर डिजिटल सहनिर्माता रहेको चलचित्रका निर्माता सन्तोष सेन हुन् । फिल्ममा प्रदीप र क्रिस्टिना ‘प्रेम’ र ‘गीत’ को भूमिकामा छन् । शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, सन्तोष सेन, प्रेम पुरी, मनिष राउत लगायतको पनि चलचित्रमा अभिनय रहेको छ ।

चन्द्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा हिमाल केसीको एक्सन कोरियोग्राफी छ । तीन करोडभन्दा बढीको लागतमा निर्माण भएको चलचित्रले डेढ सय वर्ष अगाडिको प्रेमकथा भन्छ । चलचित्र चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Share the News

Related News

Adverstisements

Latest Videos

  • Video 1

  • Video 2

  • Video 3

  • Video 4