Like us on facebook

Advertisements

  • दोश्रो हप्तामा पनि प्रेमगीत २ हेर्ने दर्शक घटेनन् , अधिकांश हल हाउसफूल

    श्रावण २१ , कलिउड अपडेट ।

    यो शुक्रबार अर्थात श्रावण २० बाट चलचित्र प्रेमगीत २ दोश्रो हप्तामा प्रवेश गरेको छ । दोश्रो शुक्रबार र शनिबार पनि चलचित्र हेर्ने दर्शक कम भएका छ्रै्रनन् । हलमा शाहरुख खानको नयाँ फिल्म आए पनि प्रेमगीत २ हेर्ने दर्शक कम भएका छैनन् ।


    शुक्रबारका अधिकांश शोहरु हाउसफूल भए भने शनिबार देशभरका अधिकांश हल हाउसफूल भएको जानकारी निर्माण पक्षले दिएको छ । ९ दिनमा बिभिन्न क्षेत्रका बिशिष्ट व्यक्तिहरुले चलचित्र हेरे पछि उत्कृष्ट प्रतिकृया दिएका छन् । शुक्रबार नेपाली क्रिकेटका खेलाडिहरुले पनि फिल्म हेरे पछि प्रशंशा गरेका थिए भने गायीका तथा समाचारबाचिका कोमल वलिले पनि चलचित्रको प्रंशशा गरेकि थिइन् ।
    श्रावण १३ गते बाट प्रर्दशनमा आएको चलचित्र ले उत्कष्ट माउथ पव्लिसिटिले गर्दा झन् झन् दर्शक बढिरहेका छन् ।
    चलचित्रले उठाएको माया प्रेम , राष्ट्रियता र रारा ताल देखि म्यानमार अनि थाइल्याण्ड सम्मको दृष्य ले सवै बर्गका दर्शक लाइ मन छोएको दर्शकहरुको प्रतिकृया बाट पाउन सकिन्छ । सन्तोष सेनको निर्माण एव रामशरण पाठकको निर्देशनमा तयार चलचित्र प्रेमगीत २ मा प्रदिप खड्का र अश्लेशा ठकुरीको मुख्य भुमिका रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4