असार १६ , कलिउड अपडेट ।
आशुषेन फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र प्रेमगित २ को देशदौडाहा सुरु भएको छ । श्रावण १३ देखि प्रर्दशन हुने चलचित्र प्रेमगित २ को सम्पूर्ण पोष्टप्रोडक्सनको काम सकिए पछि देशदौडाहा मा लागेको निर्देशक रामशरण पाठकले जानकारी दिए ।
तनहुँ बाट सुरु हुने कन्सर्टमा १५ जनाको टोलि सहभागि रहेको छ । तनहुँ बाट सुरु भएको उक्त कन्सर्ट देशका बिभिन्न मुख्य शहरमा गरिने छ ।
यसै बिच चलचित्रको पोष्टर पनि सार्वजनिक गरीएको छ ।
सन्तोष सेनको निर्माण रहेको चलचित्र प्रेमगीत २ मा प्रदिप खड्का , अश्लेशा ठकुरी , सन्तोष सेनको मुख्य भुमिका रहेको छ ।