Like us on facebook

Advertisements

  • रातेकाइला पछि सर्वाधिक चर्चा पाएका भिलेन भए प्रशान्त

    कार्तिक ५ , कलिउड अपडेट ।

    प्राय नेपाली फिल्ममा नेगेटिभ रोल भन्दा पोजेटिभ रोलमा अभिनय गर्ने व्यक्ति बढि चर्चित हुन्छन् । तर नेगेटिभ रोल गर्ने केहि कलाकार पनि नेपाली चलचित्र क्षेत्रमा चर्चित बनेका छन् ।
    कलाकार सुनिल थापा एक सफल भिलेन हुन् । उनलाइ सुनिल थापा भन्दा पनि रातेकाइला भनेर आज सम्म पनि चिनिने गरिन्छ । फिल्म निर्देशक पनि चलचित्रको प्रचारप्रसार सामाग्रिमा खलपात्रलाइ खासै स्थान दिएको पाइदैन तर कार्तिक ९ गते रिलिजको तयारीमा रहेको चलचित्र ऐश्वर्यले भने प्रचारप्रसारमा जति स्थान नायक लाइ दिएको छ त्यतिनै चलचित्रका खलपात्र प्रशान्त ताम्राकारलाइ दिएका छ ।
    फिल्म रिलिज पूर्व नै प्रशान्तलाइ दर्शकले एक ह्यान्डसम भिलेनको रुपमा चिन्न थालिसकेका छन् । पोष्टरमा , ट्रेलरमा प्रशान्तलाइ निर्माण यूनिटले राम्रो स्थान दिएको छ । भिलेनमा रातेकाइला पछि सम्भवत यति धेरै चर्चा पाएका भिलेन हुन् प्रशान्त ताम्राकार । फिल्म रिलिज अघिको प्रशान्तको यो चर्चा फिल्म रिलिज पछि स्वत बढ्ने निर्देशक दिवाकार भट्टराइ बताउछन् ।

    प्रशान्त ताम्राकारले नेपाली फिल्ममा भिलेन हुन डरलाग्दो गेटअप हुनै पर्छ भन्ने पुरातन मान्यतालाइ तोडेका छन् । यतिबेला ट्रेलरमा रहेको प्रशान्तका संबाद जनजिब्रोमा झुण्डीन थालेको छ । ट्रेलरमा प्रशान्तले बोलेका डायलग यस्ता छन् ।

    यो संसार जित्नेहरुको हो चाहे जसरि होस् , जित्नेहरुकै नाम हुन्छ….
    बिजनेसले टाउको दुखाउछ तर प्रेमले मुटु दुखाउछ….
    एकनाले बन्दुक , दुइ नाले बन्दुक , मृगलाई ताकेको , मृगलाई हैन मायालाई ताकेको….
    शाम दाम दण्ड वेद चाहे जे सुकै गर्नु परोस , मलाइ त्यो ऐश्वर्य चाहिएको छ…..

    दिवाकार भट्टराइको निर्देशन रहेको चलचित्र ऐश्वर्यमा रमेश उप्रेती , दिपिका प्रसाइ , केकी अधिकारी , प्रशान्त ताम्राकार , निर्मल शर्मा ,अर्जुन श्रेष्ठ , तेन्जु योन्जन , अर्जुन जंग शाही लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र कार्तिक ९ देखि प्रर्दशन हुदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4