Like us on facebook

Advertisements

  • प्रकृति भेटिइन दिक्पालको गितमा

    फागुन २ , कलिउड अपडेट ।
    नायीका एव मोडल प्रकृति श्रेष्ठ अष्ट्रेलिया निबासि सुुदिप न्यौपाने संग बिबाह गरे पछि उनि एकाएक हराइन । तर उनि लामो समय पछि एक म्यूजिक भिडियो मा देखा परिन् । गायक दिक्पाल देव पंगेनिको प्रेम दिवश स्पेशल गित को भिडियोमा देखा परेकि हुन् । dikpal

    अस्ट्रेलियाको मेलवर्नमा बसोबास गर्दै आएका दिक्पालले १४ फ्रेब्रुअरीका दिन युट्युबमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । दिक्पालको यो पहिलो एल्बम ‘अभिशा’को पहिलो म्युजिक भिडियो हो । एल्बम ‘अभिशा’मा ६ गीतहरु संग्रहित छन । गीतहरु भने वर्षको मे सम्ममा सार्वजनिक हुनेछ ।

    म्युजिक भिडियो अस्ट्रेलियाको मेलवर्न र वरिपरिको क्षेत्रमा सुटिङ भएको थियो । उक्त गीतमा उनकी जीवन संगीनी सम्झना पंगेनीको शब्द रहेको छ । गीतमा प्रकृति श्रेष्ठ, गौरव शर्मा, महेश विडारी, लिपिका कर्माचार्य, सुमन तिमल्सिना र प्रतिक्षा अधिकारी र दिक्पालको समेत अभिनय रहेको छ । निर्देशन, सम्पादन र छायाङ्कन जीवन रसाइलीले गरेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4