Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • रेडियो अन्नपूर्ण नेपाल द्धारा गायक तिमलसिना सम्मानित

    कलिउड अपडेट । रेडियो अन्नपूर्ण नेपालले सेलिब्रेटी अफ द मन्थ कार्यक्रमका माध्यमबाट हरेक महिना एकजना कला, साहित्य र संगीतका साधकलाई सम्मान गर्ने भएको छ । महिनाको अन्तिम दिन सेलिब्रेटी अफ दि मन्थका अतिथिलाई ताम्रपत्र सहित सम्मान गर्ने सुरुवात गरिसकिएको जानकारी स्टेशन म्यानेजर ठाकुर बेलवासेले जानकारी दिनुभयो । मंसिर महिनाका लागि लोकप्रिय गायक प्रल्हाद तिमल्सिनालाई रेडियो अन्नपूर्ण नेपालमा आमन्त्रण गरि महिनाभर उहाँका बारेमा जानकारी दिदै तिमलसिनाले गाउनु भएका गीतहरुलाइ बिशेष प्राथमिकता दिदै प्रसारण गरेको छ ।


    मंसिर महिनाका अतिथि गायक तिमलसिनालाई सम्मान गदै एपी वान टेलिभिजनका समाचार प्रमुख टीकाराम यात्रीले सष्टा, सृजना तथा संचारमाध्यम त्रिवेणी भएको बताउनुभयो । कार्यक्रममा उपस्थित वरिष्ठ संगितकार आलोकश्रीले रेडियो अन्नपूर्ण नेपालले सष्टाहरुको सम्मानमात्र नभएर कलाकारको इज्जत गरेको उल्लेख गर्नुभयो ।
    सम्मानपछि रेडियो अन्नपूर्ण नेपालसँग कुराकानी गदै गायक प्रल्हाद तिमल्सिनाले धेरै खुडकिलो अगाडि बढने हौसला पाएको बताउनुभयो ।


    कार्यक्रममा वरिष्ठ संगीतकर्मी आलोकश्री र एपी वान टेलिभिजनका समाचार प्रमुख टीकाराम यात्रीले ताम्रपत्र प्रदान गरेर गायक तिमल्सिनालाई सम्मानीत गर्नुभएको थियो । हरेक मंगलबार प्रशारण हुने सेलिब्रेटी अफ द मन्थ कार्यक्रमका संचालक दयाराम घिमिरेले यस्ता कार्यक्रमले अतिथिका जीवनका अनेकन पक्षको उजागर गर्न सकिने उल्लेख बताउनुभयो । यस्तै पुष महिनाका लागि सेलिबे्रटी अफ मन्थमा नेपाली चलचित्र तथा रंगमञ्चको क्षेत्रमा जीवन्त अभिनय गरि लोकप्रियता कमाउनुभएका सरोज खनाल रहनुहुने कार्यक्रम प्रमुख दयाराम घिमिरेले जानकारी दिनुभयो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4