कलिउड अपडेट ,काठमाण्डौ । ।
कलाकार तथा निमात्री प्रज्ञा जोशी इटहरीबाट पक्राउ परेकी छिन । ५० लाख ठगी गरेको आरोपमा उनी पक्राउ परेकी हुन् । ठगी गरेर लामो समय देखि इटहरीमा लुकिछिपि बस्दै आएकी जोशीलाइ इटहरी प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाण्डौमा दिएको उजुरीको आधारमा जोशीलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यलय इटहरीले बताएकाे छ । सुबर्ण कुमारी श्रेष्ठले महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा ठगीविरुद्ध उजुरी दिएकाे आधारमा जोशीलाई पक्राउ गरीएको र उनलाई काठमाण्डौ ल्याउने तयारी भईरहेको जनाइएकाे छ ।
प्रकाशित मिति: आइतबार, चैत्र १८, २०७५