Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • अन्तर महिला समुह तिजगीत नृत्य प्रतियोगीता सम्पन्न

    कलिउड अपडेट , काठमाण्डौ ।
    प्रगती महिला समुह तथा गोकर्णेश्वर नगरपालिका द्धारा आयोजीत महिला हिंसा तथा लागुपदार्थ दुव्र्यसनि अन्तरक्रिया तथा अन्तर महिला समुह तिज नृत्य प्रतियोगीत भाद्र २२ गते शुक्रबार सम्पन्न भएको छ । स्थानिय बिशिष्ट व्यक्तिहरु तथा नायक निखिल उप्रेतीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरियो ।


    तिज गीत नृत्य प्रतियोगीतामा अत्तरखेल महिला समुह प्रथम , नेपाल बुद्धिष्ट तामाङ सुधार समिति दोश्रो , तथा गोकर्ण लाइट एकेडेमि महिला समुह तृतिय भएका थिए । उक्त नृत्य प्रतियोगीताको निर्णायकको रुपमा गायीका तथा नायीका सारिका घिमिरे , फिल्म निर्माता शिवराज कार्कि तथा नृत्यनिर्देशक इश्वर बल्लभ उप्रेति रहेका थिए ।


    कार्यक्रममा बिभिन्न बिधाका व्यक्तित्वहरुले महिला हिंसा , शशक्तिकरण तथा लागुऔषध नियन्त्रण का बारेमा आ आफ्नो धारणा राखेका थिए भने गायीका सुजाता पाण्डे र गायक रमेश बानियाले आफ्नो प्रस्तुती दिएका थिए । यस्तै अनित कार्कि र प्रनिका ढकालको कमेडि प्रहसनले उक्त कार्यक्रमको माहोल तताएको थियो ।
    महिला शशक्तिकरणको बिषय लाइ प्राथमिकता दिदै आयोजीत उक्त कार्यक्रममा उपस्थित महिला दिदीबहिनि लाइ दर समेत खुवाइएको थियो । तिजबिषेश यो कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै लाइ प्रगती महिला समुह कि अध्यक्ष फूलमाया गुरुङले धन्यवाद दिएकि थिइन र आगामि दिनमा समाज सुधारक बिभिन्न कार्य र महिला शशक्तिकरणको लागी सदैब लागिरहने प्रतिबद्धता पनि दिएकि थिइन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4