Like us on facebook

Advertisements

  • ‘अब ३ करोड भन्दा तल फिल्म बन्दैन’ : प्रदिप कुमार उदय (भिडियो सहित)

    जेठ २० , कलिउड अपडेट ।
    नेपाली चलचित्रको लगानि दिनप्रतिदिन बढ्दो छ । अझ पछिल्लो समय  पारिश्रमिकको कुरालाइ लिएर चलचित्र बजारमा बेग्लै हल्ला छ । यो नायकलाइ १५ लाख मा एग्रीमेन्ट गरियो रे , त्यो नायकलाइ २० लाखमा एग्रिमेन्ट गरियो रे , अनि यो निर्देशकको रेट २० लाख त्यो निर्देशकको २५ लाख पारिश्रमिक भनेर फिल्मी बजारमा चर्चा नभएका होइनन् । यदि यी हल्लाहरु हल्ला मात्र नभइ सत्य हो भने अव नेपाली फिल्म ३ करोड भन्दा तल नबन्ने नेपाल चलचित्र संघका अध्यक्ष एव निर्माता प्रदिप कुमार उदयले बताएका छन् ।


    केहि दिन अघि एक कार्यक्रममा बोल्दै प्रदिप कुमार उदयले यस्तो प्रतिकृया दिएका हुन् । सन्चारकर्मि हरुले सत्य तथ्य बाहिर ल्याउन पनि अध्यक्ष उदयले आग्रह गरेका छन् । यस्तै फिल्म रिलिज पछि यो फिल्मले यति करोड उठायो , उति  करोड कमायो भनेर झुटो रिपोर्ट सार्वजनिक ले नयाँ निर्माताहरु दिनप्रदिदिन फसि रहेको उनको भनाइ छ ।
    पारिश्रमिक र ग्रस कलेक्सनको बिषयमा बुझेर मात्र न्यूज अपडेट गरिदिनु हुन चलचित्र पत्रकार संघ अध्यक्ष सन्दिप सापकोटाको माध्यमबाट चलचित्र पत्रकारहरुलाइ चलचित्र संघ अध्यक्ष उदयले आग्रह गरेका छन् । हेरौ यो भिडियो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4