Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • प्रदिप आफ्नो घर फर्कि आए

    कलिउड अपडेट ।
    नायक प्रदिप खड्का यतिबेला आफ्नो सम्पूर्ण ध्यान प्रेमगीत ३ मा दिइरहेका छन् । उनलाइ पछिल्लो केहि बर्ष सुखद् रहनै सकेन । आशुषेन फिल्मस्को व्यानरमा निर्माण गरिएको चलचित्र प्रेमगीत बाट आशा नगरिएको सफलताको स्वाद चाखेका खड्काले त्यस पछि को फिल्म प्रेमगीत २ ले पनि दोहोर्यायो । तर प्रदिप आफूले घर मान्ने आशुषेन फिल्म छोडे र बाहिरका फिल्म धमाधम गर्न थाले । हुन पनि सन्तोष सेन संग मात्र काम गर्दा गर्दा बाहिर उनको कुरा काट्न थालिसकेको थियो ।

    प्रदिप खड्काले रोज , लिलिबिलि र लभस्टेशन मा काम गरे । तर प्रेमगीत र प्रेमगीत २ को हिटको स्वाद चाख्न पाएनन् । पछिल्लो समय कबड्डी कबड्डी कबड्डी , शुभबिबाह र बेला मा अभिनय गर्ने हल्ला चले पनि प्रदिपले प्रेमगीत ३ को लागी सबै फिल्म छोडे ।
    बिचमा सन्तोष सेन र प्रदिप खड्काको सम्बन्धमा केहि ददार आयो , सन्तोष सेनले प्रदिपको ‘रिप्लेस’ मा अर्को नायक खोज्न केहि समय खर्चिए । केहि नयाँ अनुहार संग भेटघाट गरे । तर पूर्ण रुपमा कमर्सियल फिल्म बनाउन सन्तोष सेनलाइ प्रदिप नै चाहियो र प्रदिपलाइ पुन हिट फिल्म दिन आशुषेन फिल्मस् नै । यसकारण पनि प्रदिप गर्छु भनेका काम छोडेरै भए पनि आफ्नो घर फर्किए ।
    २०० बर्ष पुरानो कथामा चलचित्र प्रेमगीत ३ निर्माण हुने छ । जहाँ प्रदिप प्रेमको भुमिकामा देखिने छन् । प्रदिप अहिले फिल्मको लागी कपाल बढाउने र जिम गरेर पसीना बगाउने काम गरिरहेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4