Like us on facebook

Advertisements

  • निधन भएको १६ बर्ष पछि पर्दामा पूर्वराजा दिपेन्द्र

    जेठ १७ , कलिउड अपडेट ।
    दिउसो ठिक ३ बजे याक एण्ड यतिमा आशुषेन फिल्मस्का एक कार्यक्रम सुरु भयो । कार्यक्रम थियो सन्तोष सेनले निर्माण गर्ने अर्को फिल्मको घोषणा गर्ने । प्रेमगीत २ पछि कुन फिल्म बनाउने होला भन्ने सन्चारकर्मि तथा उपस्थित संघ सस्थाका प्रमुखहरु समेत अनभिज्ञ भएको समयमा अतिथिहरुले छोपिराखिएको व्यानर खोल्दा एक नसोचिएको बिषयमा निर्माण हुन लागेको चलचित्रको व्यानर देखा पर्यो । चलचित्र हो ‘दिपेन्द्र सरकार’ ।


    स्वर्गिय राजा दिपेन्द्र शाह को प्रेमकथामा आधारीत रहेर चलचित्र बनाउन लागेको निर्माता सन्तोष सेनले जानकारी गरे । यतिकैमा दिपेन्द्रको भुमिकामा नायक प्रदिप खड्का रहने भनि उद्घोष गरे पछि अघिपछि सेना लिएर दिपेन्द्रकै रोयल ड्रेसमा नायक प्रदिप खड्का कार्यक्रम स्थलमा देखा परे ।

    यस अगाडि चलचित्र ‘चंखे शंखे पंखे, प्रेमगीत र प्रेमगीत २’ निर्माण गरेको आशुषेन फिल्मस्ले आफ्नो ब्यानरमा चौथो चलचित्र ‘दीपेन्द्र सरकार’ बनाउने भएको छ । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्धमृत अवस्थामै १३ औ राजा बनेका दीपेन्द्र विर विक्रम शाहको प्रेम कथामा आधारित रहेर चलचित्र बन्न लागेको जानकारी दिइएको थियो । २९ बर्षको उमेरमा सन् २००१ को जुन ३ मा दीपेन्द्रको निधन भएको थियो ।
    सन् १९७१ ज्ुन २१ मा नारायणहिटीमा जन्मिएका दीपेन्द्रको प्रेम जीवन पनि निकै चर्चामा रहेको थियो । निर्माता सन्तोष सेनले दीपेन्द्रको प्रेम कथालाई नै आधार बनाएर चलचित्र बनाउन लागेको बताए । यो चलचित्रको बजेट ५ करोड ५० लाख रहने बताइएको छ । विवेक कुमार शाहले लेखेको पुस्तक ‘मैले देखेको दरबार’मा आधारित रहेर यो चलचित्र बन्नेछ । जसका लागि निर्माताले, पुस्तकको अधिकार पनि किनिसकेका छन् ।


    यो चलचित्रको प्रदर्शन मिति पनि वि.सं २०७५ को जेठ १९ गतेलाई तोकिएको छ, जुन दिन राजदरबार हत्याकाण्ड भएको थियो ।
    नेपाल, बेलायत र अमेरिकामा छायांकन हुने यो चलचित्रका निर्देशक र अन्य कलाकार केही दिनमै सार्वजनिक गरिनेछ । ‘दीपेन्द्र सरकार’ बन्न लागेको नायक प्रदिप खड्काले निर्माण टिमको निर्देशन अनुसार आफू पात्रको भूमिकामा ढल्ने बताए ।
    कार्यक्रममा राजाको भेषमा पुगेका प्रदिपले चलचित्रका लागि आफू मोटाउने बताएका छन् । दीपेन्द्र केही मोटा रहेकाले पनि प्रदिपले उनकै जीउडालमा आफूलाई ढाल्ने निर्माणपक्षको भनाई छ । महोत्सवका लागि डेढ घन्टा र व्यवसायिक रिलिजका लागि २ घन्टाको चलचित्र बनाइनेछ ।
    पत्रकार सम्मेलनमा दीपेन्द्रका संगीत गुरु सुभबहादुर सुनामले दीपेन्द्रले लेखेका चर्चित गीतहरु गाएर सुनाएका थिए

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4