Like us on facebook

Advertisements

  • सन्तोष मौन , प्रदिप मौन , कस्तो छ सम्बन्ध ?

    भाद्र १७ , कलिउड अपडेट ।
    प्रेमगीत र प्रेमगीत २ मा काम गरीसकेका नायक प्रदिप खड्का यतिबेला आशुषेन व्यानर अर्थात प्रेमगीत सिरिज निर्माता सन्तोष सेन भन्दा बाहिरका फिल्ममा व्यस्त छन् । यता सन्तोष सेन पनि आफ्नो फरक प्रकारको चलचित्र मेरी मामु भर्खरै रिलिज गरेका छन् । प्रदिप खड्कालाइ जुन व्यानर बाट सुपरस्टार बनायो त्यहि फिल्मको व्यानरमा बनेको मेरी मामु को एउटा तस्विर शेयर गर्न पनि प्रदिपलाइ समय भएन या प्रदिपको सोसल मिडियामा स्थान भएन । हुन त अर्को साता प्रदिपको चलचित्र रोज रिलिज हुदैछ ।


    चलचित्र मेरी मामु पछि आशुषेन फिल्मस्को सुपरहिट सिरिज प्रेमगीत को भाग ३ अर्थात प्रेमगीत ३ निर्माण हुने निर्माता सेन बताउछन् , के त्यो फिल्ममा प्रदिप होलान् त भन्ने प्रश्नमा सेन मौन छन् ।
    प्रदिप र सन्तोषको सम्बन्ध चिसिएको हल्ला सिनेबृत्तमा चलिरहँदा यी दुइ निर्माता र नायक तै चुप मै चुपको अवस्थामा छन् । न प्रदिपले सन्तोष सेनको फिल्मको बारे २ शव्द लेखे न त सन्तोष सेनले नै प्रदिपको बारे । यस बाट पनि प्रेमगीत ३ मा प्रदिपको सम्भावना कति भन्ने प्रश्न खडा भएको छ ।
    हुन त प्रेमगीत र प्रेमगीत २ बाट हिटको स्वाद चाखेका प्रदिपले लिलिबिलि बाट त्यो स्वाद लिन पाएनन् , अर्को शुक्रबार बाट प्रर्दशन हुने चलचित्र रोजले के प्रदिपलाइ हिटको स्वाद पुन चखाउला त ?

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4