फागुन ५ , कलिउड अपडेट ।
यता मिडियामा निर्देशक सुर्दशन थापा र निर्माता सन्तोष सेन चलचित्र प्रेमगितको लागि नया हिरो खोज्ने सोचमा छन् भन्ने हल्ला चलिरहेको थियो भने उता नायक प्रदिप खड्का उनले खेलको चलचित्र स्केपको रिलिज गरि फुर्सदमा थिए । फिल्ममा केहि गर्न नसकिएला जस्तो ठानि बाहिर जाने प्लानिङमा रहेका प्रदिपलाइ बैसाख १२ को भुकम्पले अड्काइरहेको थियो । टेन्टमा बसिरहेको समयमा उनको भेट कलिउड अपडेट डट कम का सम्पादक दयाराम घिमिरे संग भेट भयाे । व्यक्तिगत रुपमा नजिक भएको कारण पनि कुरै कुरामा उनको भित्रि चाहना बाहिर आयो । अनि बन्यो कलिउड अपडेट डट कममा एक न्यूज
सुर्दशनको फिल्ममा अडिसन बाट नै आउन चाहन्छु : प्रदिप खड्का( नायक
जेठ १६ गते प्रकाशित यहि न्यूजको कारण जोडिए प्रदिप र निर्देशक सुर्दशन अनि सुरु भयो यात्रा प्रेम गितको । आज चलचित्र प्रेमगितले बच्चा देखि बृद्ध सम्मको मन जितिसकेको छ भने नायक प्रदिप खड्का लाइ फिल्म अफरको ओइरो नै लाग्न थालेको छ । अभिनयको हिसावले दोश्रो तथा कमर्सियल फिल्मको हिसाबले पहिलो चलचित्र बाट यति ठूलो हाइट पाएका भाग्यमानि नायक खड्कालाइ आगामि दिनमा ठूलो चुनौति थपिएको छ । चलचित्र र चलचित्र निर्माण यूनिट सहि छान्न सके प्रेमगितले दिएको उचाइलाइ लामो समय सम्म रहने सम्भावना देखिन्छ ।