मंसिर ६ , कलिउड अपडेट ।
फिल्म ‘पटुकी’को पहिलो गीत युटुवमा सार्वजनिक गरिएको छ । सार्वजनिक ‘पटुकी पटुकी…’ बोलको गीतमा फिल्मका मुख्य अभिनेत्री रजनी केसी र आशिष सुनुवार फिचरिङ छन् ।
साईराम पिक्चर्स मार्फत सार्वजनिक भएको यस गीतमा म्याक्टेन कालुको शब्द, राजनराज सिवाकोटीको संगीत, अन्जु पन्त र संगीतकार राजन आफैको स्वर समावेश छन् । आगामी पौष २१ मा प्रदर्शन हुने फिल्मले पछिल्लो समय फिल्मको पोस्टर पनि सार्वजनिक गरेको थियो । राम नेपालको निर्देशनमा बनेको यस फिल्ममा कलाकारहरु रजनी केसी, दिपिका कंडेल, रोजी श्रेष्ठ, हरि थापा लगायत अन्यको मुख्य अभिनय रहनेछ ।
म्याक्टेन कालु होतको निर्माणमा बनेको यस फिल्मका सह-निर्मातामा बिर्जन मिजार र कार्यकारी निर्मातामा शिता मिजार रहेका छन् । फिल्ममा राजन राज सिवाकोटीको संगीत, माक्तेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानु कुमार महर्जनको द्वन्द, शिव वि.के को करियोग्राफि र लक्ष्मण घिमिरेको छायांकन रहेको छ ।