माघ १३ , कलिउड अपडेट ।
६ दिन पछी चलचित्र पटुकी प्रदर्शनमा आउने भएको छ । शनिबार काठमाण्डौमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्र पटुकि विशेष प्रेम गर्नेहरुको लागी उपयुक्त रहेको र आफु चलचित्र प्रति सन्तुष्ट रहेको नायिका रजनि केसिले बताकि छिन ।
आफू अभिनीत फिल्म बक्स अफिसमा हिट हुनु वा नहुनुले आफ्नो करिअरलाई असर नगर्ने तर चलचित्र पटुकिबाट दर्शकलाई भरपुर मनोरञ्जन दिनेमा नायीका केसि विश्वस्त रहेकी छिन् ।
फिल्मका निर्माता तथा कलाकार म्याक्टेन कालुले ‘पटुकी’ नारीप्रधान फिल्म रहेको बताए भने नवनायक जेम्स विसी फिल्मको कथावस्तुबाट आफू प्रभावित भएको बताएका छन । कालुले सोचेको जस्तो चलचित्र बनेकोले आफुलाई फलताका लागी दर्शकबाट अपेक्षा रहेको बताएका छन । एक्सन, रोमान्स, विछोड, रोदन जस्ता कुरा चलचित्रमा समेटिएको छ ।
चलचित्रमा रजनी केसी, जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतको मुख्य भुमिका रहेको छ भने म्याक्टेन कालुको निर्माण गरेका हुन ।‘पटुकी’ मा राजनराज सिवाकोटीको संगीत, माक्तेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानु कुमार महर्जनको द्वन्द, शिव वि.क.को करियोग्राफी र लक्ष्मण घिमिरेको छायांकन छ । ‘पटुकी’ मा राजनराज सिवाकोटीको संगीत, माक्तेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानु कुमार महर्जनको द्वन्द, शिव वि.क.को करियोग्राफी र लक्ष्मण घिमिरेको छायांकन छ । यो चलचित्रलाई राम नेपालले निर्देशन गरेका हुन ।