कलिउड अपडेट , काठमाण्डौ ।
चलचित्र ‘परशुराम’सँग मेल खाने अन्य कुनै पनि चलचित्रको प्रचारप्रसार, वितरण र प्रदर्शन नगर्न पुनरावेदन अदालत पाटनले अन्तरिम आदेश जारी गरेको निर्देशक एन. आर. घिमिरेले जानकारी दिए । अधिवक्ता किरण दवाडि को टिम र न्यायाधीश जीवनहरि अधिकारीको एकल इजलाशले यस्तो अन्तरिम आदेश जारी गरेको हो ।
दाङका सक्रिय युवा मिलेर निर्माण गरेको चलचित्र पर्शुराम संग नाम मेल खाने जय पर्शुराम निर्माण गरेर रिलिज मिति तय गरे पछि निर्माण यूनिट न्याय माग्दै अदालतको ढोका ढकढकाउन पुगेको थियो ।
पर्शुराम संग नाम मिल्ने चलचित्र प्रचार प्रसार तथा प्रर्दशनमा रोक लगाए पछि रोज राणाको चलचित्र तोकिएको मितिमा अर्थात श्रावण २८ मा प्रर्दशन नहुने सम्भावना देखिएको छ ।
‘रिदम्स फिल्मस् सिने आर्ट’को ब्यानरमा बनेको यो फिल्मको नाम ‘जय परशुराम’ माथिको प्रतिलिपि अधिकार दाबी सहित ‘ब्लाक चिल्ली आर्ट फिल्मस्’ले दायर गरेको मुद्दाको मंगलबार फैसला गर्दै अदालतले प्रर्दशनमा रोक लगाएको हो । ‘ब्लाक चिल्ली आर्ट फिल्मस्ले राणाको ‘रिदम्स फिल्मस् सिने आर्ट’ र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर मुद्दा हालेको थियो ।
‘ब्लाक चिल्ली आर्ट फिल्मस्’ले तीन बर्षअघि चलचित्र विकास बोर्डबाट ‘परशुराम’ नामक फिल्म निर्माणको अनुमती लिएको थियो । तर, बिकास बोर्डले चलचित्र निर्माण तथा प्रचार–प्रसार सम्बन्धी नियम विपरित रोज राणाले बनाएको ‘जय प्ररशुराम’लाई अनुमती दिएको थियो । कुनै फिल्मको नाम अघि नयाँ शब्द थपेर त्यही नाममा फिल्म बनाउँन नपाइने नियम छ ।
त्यस्तै निवेदकको दावीअनुसार आदेश जारी गर्नु किन नपर्ने हो सो कारणसहित १५ दिनभित्र आधार प्रमाण पेश गर्न पनि अदालतले विपक्षीलाई आदेश दिएको छ ।अदालतले तत्कालका लागि प्रर्दशन रोकेर दुबै पक्षलाई थप बहसको लागि भदौ १ गते बोलाएको छ ।
यो सँगै साउन २८ देखी लाग्ने भनिएको ‘जय परशुराम’ फिल्म प्रर्दशन नहुने निश्चित जस्तै भएको छ । यदि जबजस्ती प्रर्दशन गरिए अदालतको फैसला अनुसार कानुनी बाटो रोजिने कार्यकारी निर्माता प्रियासन बताउँछन् । उनले भने, ‘कानुनीबाटो रोजेर पनि प्रर्दशन रोक्छौं, विवादको टुंगो नलागेसम्म दर्शकहरु पनि हलसम्म नजानु नै उपयुक्त हुन्छ ।’अव यी दुइ चलचित्रको बिबाद कसरी मिल्ने हो त्यो हेर्न बाकि नै छ ।