Like us on facebook

Advertisements

  • ‘पर्ख पर्ख’ का अर्ग्यानिक आधा करोड दर्शक !

    पुस ९ , कलिउड अपडेट ।
    चलचित्र मंगलम् काे गीत लाइ यूटुवमा ५० लाख भन्दा बढि पटक हेरिएको छ । दशैमा रिलिज हुन्छ भने पछि यो गीत रिलिज गरिएको थियो तर चलचित्र दशैमा रिलिज हुन सकेन । रिलिज पोष्टपोण्ड भए पछि यो गीतलाइ आक्रामक रुपमा पव्लिसिटि गरिएन यूटुवमा त्यसै छोडियो । तर राम्रो गीत पाए पछि दर्शक श्रोताले प्रचार प्रसार बिना नै खोजी खोजी बारम्बार सुन्छन् , हेर्छन् भन्ने उदाहरण बन्यो पर्ख पर्ख मायालु ।


    गीतका दर्शक ५० लाख कटे पछि निर्देशक नवल नेपालले फेसबुकमा स्टाटस पोष्ट गर्दै आधाकरोड अर्गानिक दर्शकलाइ नमन गरेका छन् । पछिल्लो समय यूटुवमा पैसा तिरेर बुष्ट गरेर दर्शक बढाइन्छ रे भन्ने हल्ला लाइ नै इंकित गरि अर्गानिक शव्द लेखिएको अनुमान गरिन्छ । किनकि बिना प्रचार प्रसार , बिना बुष्ट नै यो गीतको दर्शक ५० लाख क्रस भइसकेका छन् । यो गीतमा दिपक शर्माको शव्द संगीत , कृष्ण काफ्ले र बिन्दु परियारको आवाज रहेको छ भने कोरियोग्राफि कबिराज ले गरेका छन् ।
    छबिराज प्रोडक्सनको व्यानरमा शिल्पा पोखरेलको प्रस्तुति मंगलम् मा शिल्पा पोखरेल , मिथिला शर्मा , पुष्प खड्का , पृथ्वीराज प्रसाइ , निर शाह , साम्राज्ञी राज्य लक्ष्मी शाह लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4