Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • अर्गानिक १ करोड भ्यू को पर्ख पर्ख मायालु , काटियो केक

    कलिउड अपडेट
    फागुन २५ अर्थात् यहि शुक्रबार बाट प्रर्दशनमा आउने चलचित्र मंगलम्को रिलिज पूर्वसन्ध्यामा चलचित्रको हिट गीत पर्ख पर्ख मायालु ले यूटुवमा १ करोड भन्दा बढि भ्यू पाउन सफल भएको छ । यहि खुसियालीमा चलचित्रको निर्माण यूनिटले केक काटेर खुसियाली आदान प्रदान गरेको छ ।


    कृष्ण काफ्ले र बिन्दु परियारको आवाज रहेको गीतमा दिपक शर्माको शव्द संगीत रहेको छ । कबिराज गहतराजको कोरियोग्राफि रहेको गीतमा शिल्पा पोखरेल र पुष्प खड्काले छमछमी नाचेका छन् । नवल नेपालको निर्देशनमा शिल्पा पोखरेलको प्रस्तुती चलचित्र मंगलम्लाइ दर्शकले साथ दिनेमा फिल्म निर्माण यूनिट बिश्वस्त छ । छबिराज प्रोडक्सनको व्यानरमा निर्माण गरिएको यो चलचित्रका कार्यकारी निर्माता बाघ निर्माता छबिराज ओझा हुन् ।
    चलचिमा शिल्पा र पुष्प संगै पृथ्वीराज प्रसाइ , मिथिला शर्मा ,निर शाह , साम्राज्ञी राज्य लक्ष्मी शाह लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos