कलिउड अपडेट ।
ग्लोबल नेपाली मेडियाको अर्को प्रस्तुती नेपाली म्युजिक भिडियो सार्वजनिक भएको छ । एक पछी अर्को प्रस्तुती दिदै आएको यो मिडियाले धेरै दर्शकको मन जितिसकेको छ । कृष्ण घिमिरेको शब्द मनोरथ कालीकोटेको संगीत मा रहेको ‘पर्ख है’ बोलको गीत को बहुप्रतिक्षित म्युजिक भिडियो अमेरिका को ओहाइयो राज्यमा छायन्कन गरिएको हो ।यस गीत लाई टेकेन्द्र याक्सोले संयोजन गरेका हुन भने भिडियोको छायन्कन सबिना घिमिरेले गरेकी हुन ।
उक्त म्युजिक भिडियो म दिपक तिवारी आकाश शर्मा र बर्षा घिमिरेको अभिनयाँ हेर्न सकिन्छ । बाल कलाकारमा ग्रीष्मा घिमिरे प्रभास खड्का प्रीती खड्का र शृष्टी घिमिरे रहेका छन । यस गीत म आवाज भने मनी कुमार कालीकोटे ले दिएका छन । महिला बाट कम छायन्कन हुने म्युजिक भिडियो मध्य यो एक बहुप्रतिक्षित म्युजिक भिडियो हो । यो भिडियो लाई दिपक तिवारी र राम घिमिरेले संयुक्तरूपमा निर्देशन गरेका हुन भने कोरियोग्राफीमा आकाश शर्मा र सम्पादन मा दिपक तिवारी रहेक छन । सम्पूर्ण उत्पादन समूहले यस मिडियका अध्यक्ष हरी उप्रेती बोर्ड सदस्य नरद रिजाल र महेश कोन्डुरु लाई विशेष सहयोग र साथको लागि आभार प्रकट गरेको छ । यो म्युजिक भिडियोलाई दर्शक हरुले मन पराई हौसला प्रदान गरी अरु कार्यका लागि उर्जा दिने कुरामा सम्पूर्ण टिम विश्वस्त छ ।