Like us on facebook

Advertisements

  • चलचित्र ‘पार्सल’ को शुभ मुहुर्त

    माघ २९ , कलिउड अपडेट ।
    लाहुरेले आफ्नी मायालुलाइ बिदेश बाट पठाएको पार्सल बिच बाटोमा साटासाट हुदा हुने उतार चढाव लाइ प्रस्तुत गरीने चलचित्र पार्सलको आज शुभमुहुर्त गरी छायांकन आरम्भ गरिएको छ । भद्रकालीमा चलचित्रको यूनिटले पुजा गरी बागबजारमा रहेको सिटि म्याक्स मा शुभमुहुर्त गरिएको थियो । पत्रकार एवं चलचित्रकर्मिको उपस्थितिमा चलचित्रको मुहुर्त गरिएको थियो । parcel (2)

    निर्माता संघका अध्यक्ष राजकुमार राइले नरीवल फोडेका थिए भने कलाकार संघका अध्यक्ष नवल खड्काले एक्सन कट गरेका थिए । मुहुर्त सट भने चलचित्रका नायक प्रभु श्रेष्ठ र नायीका श्रृजना लिम्वुले दिएका थिए । चलचित्र पार्सललाइ रबिन श्रेष्ठले निर्देशन गर्ने भएका छन् । किशोर सम्बाहाम्फेको प्रस्तुति एव दक्षकुमार राइको निर्माण रहेको चलचित्रमा आयूष रिजाल , निता ढुंगाना बिक्रम सिं , प्रेम सुव्वा , मनोज शाक्य , हेम राइ लगायतका कलाकारको अभिनय रहने छ । कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले चलचित्र ३५ दिनमा छायांकन सकिने जानकारी गराए । चलचित्रको छायांकन काठमाण्डौ , धरान , कोशि व्यारेज , इलाम , ताप्लेजुङमा ३८०० मिटर उचाइ माथि रहेको पाथिभरा मन्दिर सम्म छायांकन गरिने छ ।
    parcel
    चलचित्रका गितमा बिकाश चौधरीको संगित रहेको छ भने गित दयाराम पाण्डेले लेखेका हुन् । चलचित्रलाइ यूवराज राइले छायांकन गर्नेछन भने सानु कुमार महर्जनको द्धन्द निर्देशन रहेको छ । रोशनि चलचित्र प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो चलचित्र को कथा पटकथा तथा संवाद चलचित्रका नायक प्रभु श्रेष्ठले लेखेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4