Like us on facebook

Advertisements

  • ६ दर्जन हलमा लाहुरेको पार्सल

    मंसिर २३, कलिउड अपडेट ।
    यो शुक्रबार अर्थात भोलि देखि नवनिर्देशक रबिन श्रेष्ठ निर्देशीत पार्सल फिल्म प्रदर्शनमा आउदैछ । राशनि चलचित्र प्रोडक्शनको ब्यानरमा किशोर लिम्बू सम्बाहाम्फले निर्माण गरेको फिल्म देशभरका झण्डै सत्तरी हलमा एकसाथ प्रदर्शन भएको निर्माण पक्षले जानकारी दिएको छ ।

    srijana-limbu_kollywoodupdate
    पूर्वी नेपालका बिभिन्न स्थानमा खिचिएको पार्सलमा किशोर खतिवडा, किशोर लिम्बू सम्वाहाम्फे, नीता ढुंगाना, सृजना फागो, प्रभु श्रेष्ठ,बिक्रमसिंह थारु, प्रेषिका निरौला लगायतले अभिनय गरेका छन् । समसामयिक बिषयमा निर्माण गरिएको फिल्ममा लाहुरेको कथा पनि समाबेश गरिएको छ । एक्शन, लभ र सस्पेन्सयुक्त फिल्मले दर्शकको मन जित्ने बिश्वास निर्माण पक्षको छ । फिल्मको पल्टने आयो लौ लुङ्गा पार्सलै बोकेर बोलको गीत अहिले चल्तीमा छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4