Like us on facebook

Advertisements

  • पर्वमा नम्रता कतैै मायालु त कतै आक्रमक

    कलिउड अपडेट ,काठमाण्डौ ।
    कुनै एक पर्वमा घटेको घटना र त्यसपछि उत्पन्न भएको घटनाक्रमलाई सस्पेन्स शैलीमा निर्माण गरिएको चलचित्र ‘पर्व’को केहि तस्बिर सार्वजनिक भएका छन् । पहिलो पटक सार्वजनिक गरिएका तस्बिरमा चलचित्रकी मुख्य नायिका नम्रता श्रेष्ठ कतै आक्रामक त कतै मायालु देखिएकी छिन् ।

    चलचित्रमा समावेश ‘काले दाई काले’ बोलको गीतले अहिले दर्शक तथा श्रोतामाझ हंगामा मच्चाइरहेको छ । चैत्र २५ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ ।


    चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । जसले यसअगाडि ‘आई एम सरी, नोभेम्बर रेन, क्लासिक’ जस्ता चलचित्रको निर्देशन गरेका थिए ।
    चलचित्रको छायांकन ४० दिनमा सकिएको निर्माणपक्षले बताएको छ । अब एक गीतको केहि अंश मात्र खिच्न बा“की रहेको निर्देशक राउतले बताए ।
    सुवास गिरी र निकिता पौडेल यो चलचित्रका निर्माता हुन् । गोपिकृष्ण मुभिजको निर्माण र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा यो चलचित्र निर्माण भएको हो ।

    निर्देशक राउतले भने–‘हामीले एउटा रोचक कथामा दर्शकले पूर्ण रुपमा बाँध्ने गरि चलचित्र बनाएका छौ । यसपटक, दर्शकले केहि फरक स्वाद पाउनुहुनेछ ।’ चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, कोशिश क्षेत्रीको संगीत छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4