Like us on facebook

Advertisements

  • ‘पन्चेबाजा’ को फस्टलुक पोस्टर सार्वजनिक

    मंसिर १३ , कलिउड अपडेट ।
    चलचित्र ‘पन्चेबाजा’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। घनश्याम लामिछानेको निर्देशनमा तयार भएको चलचित्र फागुन ११ गतेबाट रिलिज हुने तयारीमा रहेको छ। न्यु भेनस फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ्ग, सृजना सुब्बा, जस्मिन श्रेष्ठ, देशभक्त खनाल लगायतका कलाकारको अभिनय रहेको छ।

    गाउले तीन युवाको कथामा निर्माण भएको बताएइको चलचित्र मौलिक रहेको निर्देशक लामिछानेले जानकारी दिए।
    निर्देशक लामिछानेले यसअगाडी ‘धौली’ र ‘अग्निदहन’ चलचित्र निर्देशन गरिसकेका छन्।
    राजेश शाही निर्माताको रुपमा रहेको चलचित्रमा सारा गुरुङ्ग सहनिर्माताको रुपमा रहेका छन्। कालीप्रसाद बास्कोटा र विकाश चौधरीको संगीत रहेको चलचित्रलाई हरि घले लामाले खिचेका छन्।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4