‘पञ्चायत’को रेड कार्पेट प्रिमियरमा तारिफकाे बर्षा
जेठ २१ कलिउड अपडेट ।
पञ्चायतकालको सामाजिक विषय वस्तुमा निर्माण भएको नेपाल चलचित्र ‘पञ्चायत’को गत बिहिबार चितवनमा भव्य रेड कार्पेट प्रिमियर गरिएको छ । सामाजिक विषयवस्तुमा आधारित यस चलचित्र हेर्ने धेरै जसोले चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया दिएका छन् । चितवनका पत्रकार रबि अधिकारीले निर्माण गरेको यस चलचित्र ‘पञ्चायत’हेरेर निस्केका सबैले धेरै पछि फरक बिषय बस्तुमा चलचित्र हेर्न पाउनुको साथी चलचित्रले साचिकै मन छोएको बताएका छन् ।
चितवन ब्युटी पार्लर युनिटको विशेष सहभागिता रहेको यस सो हेरे पछि युनिटीको अध्यक्ष सिर्जना सोतीले चलचित्रले सजिकै मन छोएको बताउनु भयो।कलाकार पुष्प आचार्यले साचिकै नेपाली पन भएको चलचित्र हेर्न पौड खुसि लागेको बताउनु भयो । निर्देशक बिमल पौडेलले अर्को वर्षा नेपाली बाट ओस्कारमा यहि चलचित्र जाने भन्दै चलचित्रको खुलेरै तारिफ गर्नु भयो ।
प्रिमियरमा उपस्थिति हुने चलचित्रकर्मी सोभित बस्नेत ,आयक गजित बिष्ट,लय संगौला,बिरेन डिसी प्रसाद श्रेष्ठ देखि सबैले चलचित्र राम्रो बनेको प्रतिरिया दिनु भयो ।चलचित्रमा सरोज खनाल र नीत ढुंगानाको अभिनयको सबैले खुलेर तारिफ गरेका छन् ।नायिका नीता ढुंगानाको अभिनयले यस चलचित्र बाट उनले अवार्ड पाउने समेत चलचित्र हेर्नेको प्रतिक्रिया रहेको छ ।
यो चलचित्र आउँदो फागुन १८ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा समेत आउँदैछ । यसअघि विभिन्न देशहरुमा पनि च्यारिटि शो हुनुको साथै अन्तराष्ट्रिय फिल्म फेस्टिवलहरुमा समेत सहभागि गराउने तयारी भईरहेको कार्यकारी निर्माता अधिकारीले जानकारी दिनुभयो ।
गणेश गिरीको प्रस्तुतीमा शिवम् अधिकारीले निर्देशन गरेको चलचित्रको निर्माताहरुमा शुसान्तकुमार श्रेष्ठ र शंकरप्रसास सुवेदी रहेका छन् ।यस चलचित्रमा सरोज खनाल र निता ढुंगाना मुख्य भूमिकामा छन् भने रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ।