Like us on facebook

Advertisements

  • २० दिनमा सकियो ‘पञ्चायत’

    कलिउड अपडेट , काठमाण्डौ । ५० बर्ष पुरानो कथामा निर्माण थालिएको चलचित्र ‘पञ्चायत’ छायाँकन सकिएको छ । गत असोज ८ गते मुर्हतसँगै शुरु भएको चलचित्रको छायाँकन २० दिनको सेडुलमै सकिएको छ । नेपाली चलचित्र कम्तिमा पनि २५ देखि ३० दिनको सेडुलमा खिच्ने गरिन्छ । तर यो चलचित्र धेरै कम दिनमा सकिएको छ ।panchayat3-768x512

    ‘दैनिक १८ घन्टासम्मको सेडुलमा काम गरेर छोटो समयमा फिल्म प्याकअप भएको कार्यकारी निर्माता रबि अधिकारी बताउछन् । त्यसैले अन्य चलचित्र भन्दा समय कम लागेको हो ।’ धेरै जसो छायाँकन सेट बनाएर गरिएकोेले पनि छिट्टै सकिएको उनले खुलाए ।

    चलचित्रका निर्देशक शिवम अधिकारी रहेका छन् । सुशान्त श्रेष्ठ र शंकर सुवेदीको निर्माण रहेको चलचित्रमा मेनुका ढुङगाना सहनिर्माताबो रुपमा रहेकी छन् ।

    सरोज खनाल, निता ढुङगाना, रुपा राना, गिता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, सुचित्रा उप्रेती, बिशाल पहारी, किरण थापा, अश्विनी कोइराला, मुना वनलगायतको अभिनय चलचित्रमा समेटिएको छ । चलचित्रका प्रस्तुतकर्ता कलाकार गणेश गिरी हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4