Like us on facebook

Advertisements

  • ‘पैसा मागम की ?’ बोलको तीज गीत सार्वजनिक (भिडियो)

    कलिउड अपडेट ।
    “जन्म घर बस्नु छैन यो छोरीको जातले
    कन्या दान दियौ बाबा मलाइ तिम्रै हातले”
    यी र यस्ता वास्तविक तीज गीतहरु पछिल्लो समयमा विरलै सुन्न पाइन्छ तर हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर पोहोर साल मालती खरेलको शव्द, सगीत र स्वरमा बजारमा आएको तीज गीत हो काँकरीको वियाँ जुन तीज गीतमा छोरीले भोग्नु परेका जीवनका कहानीहरु समेटिएको थियो र हजारौं दर्शक, श्रोताको मन जित्न सफल पनि भएको थियो ।

    घुम्दै फिर्दै वर्ष दिन वित्यों फेरी तीज आयो यस वर्ष पनि मालती खरेलको तीज गीतको प्रतिक्षा गरेरर वसेका हजारौं दर्शक, श्रोताको मनमा कौंतुहलता उठेको छ खरेलको कस्तो तीज गीत आउला ? यतिवेला भने त्यो कौतुहलतालाइ मेटाएकी छन् गायिका खरेल खुमन अधिकारीको लय शव्दमा पैसा मागमकी बोलको तीज गीत आफ्नै युट्युव च्यानलवाट सार्वजनीक गरेकी हुन् ।

    विगतका वर्षहरुमा भन्दा फरक शैलिको तीज गीतमा खुमन अधिकारी र मालती खरेलको आवाज रहेको छ भने गीतको निर्देशन चर्चित निर्देशक शंकर बिसिकोगरेका छन् । सो गीतको म्युजिक भिडियोमा रश्मी तामाङ र मोडल शंकर बिसिकै उत्कृष्ट नृत्य देख्न सकिन्छ । दुर्गा पौडेलको छायांकन मा तयार भएको सो म्युजिक भिडियो लाई नविन घर्तीले सम्पादन गरेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4