कलिउड अपडेट । बिगतका दिनहरुमा राम्रा, राम्रा गीत स्रोतामाझ पस्केर आफ्नो पृथक पहिचान बनाई सकेका गायक पदम राईले हालै सार्वजनिक गरेको ‘पछि पछि…’ बोलको गीतले पनि राम्रै चर्चा बटुलिरहेको छ ।
दीपक शर्माको शब्द, सङ्गीत रहेको गीतमा पदम राई र मेलिना राईको मिठो स्वर रहेको छ । गम्भिर बिष्टको कारियोग्राफर रहेको भिडियोका निर्देशक सुब्रत आचार्य हुन ।