Like us on facebook

Advertisements

  • ‘ओके बाइ’ बन्ने , हुने छ नयाँ पुराना कलाकारको जमघट

    कलिउड अपडेट ।
    चलनचल्ती मा दिनहुँ बोलिने शव्द ‘ओके बाइ’ को टाइटलमा फिल्म निर्माण हुने भएको छ । चलचित्र ‘ओके बाइ’ लाइ निर्देशक रामेश कुमार राइले निर्देशन गर्ने भएका हुन् ।


    ध्रुवतारा फिल्मस् प्रा ली को व्यानरमा निर्माण हुने यो चलचित्रको कथा पटकथा निर्देशक राइले स्वयं लेखेका हुन् । केहि नयाँ र केहि पुराना कलाकार रहने यो चलचित्रका प्राबिधिक , कलाकार एक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिने निर्देशक राइले जानकारी दिए । चलचित्रमा बलिउडमा काम गरिरहेकि एक नायीका लिइने बुझिएको छ । यस बारे बिस्तृत जानकारी चलचित्र घोषणा कार्यक्रममै बताइने छ ।चलचित्रमा मुख्य नायकको रुपमा नया अनुहार लाइ प्रस्तुत गरिने निर्देशक राइले जानकारी दिए ।

    चलचित्रको यतिबेला प्रिप्रोडक्सनको कार्य का साथै लोकेशन फाइनल गर्ने काम भइरहेको छ । चलचित्रलाइ धुव न्यौपानले निर्माण गर्दैछन् । न्यौपाने लामो समय देखि नेपाली चलचित्रमा सक्रिय छन् ।  नेपाली सिनेमामा सक्रिय निर्देशक राइले दर्जनौ चलचित्रमा मुख्य सहायक निर्देशक भइ मिलाप , गोरे , जुनी चलचित्र निर्देशन गरिसकेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4