Like us on facebook

Advertisements

  • असार १९ गते जावलाखेल जाउँ , भुकम्पले दिएको पिडा भुलाऔ

    NOAH’S ARK sports and social club UK को आयोजनामा यहि असार १९ गते जावलाखेलको फूटवल खेल मैदानमा musical and motivational extravaganza कार्यक्रम सन्चालन गर्ने भएको छ । आयोजक सस्था यूके मा बस्ने ग्रान्ड मास्टर डा एन जे गुरुङको सस्था हो । भुकम्पले दुखाएको पिडा भुलाउन र भुकम्पको त्रास मुक्त मनोभावना श्रृजना गर्न यस्तो कार्यक्रम आयोजना हुन लागेको हो ।
    unnamed

    यस सस्थाले भुकम्प प्रभाबित क्षेत्रमा पुगेर भुकम्प पिडीतलाइ सहयोग गरेको थियो । आगामि शनिबार हुने कार्यक्रमको मुख्य आर्कषक कुटुम्ब समुह , गायीका कोमल वली , गायक बद्रि पंगेनि , हास्यकलाकार सुलेमान शंकर इकु को साथै गायक सुमन गुरुङ , बिपि वाग्ले , हब्जीवा समुह हुन् । भुकम्पबाट त्रसित मनलाइ भयमुक्त बनाउन बिभिन्न व्यक्तिबाट भोटिभेस्नल स्पिच पनि दिइने छ भने नेपालमा ख्यातिप्राप्त तेक्वान्दो समुह मास्टर मदन थापाको समुहले तेक्वान्दो पनि प्रर्दशन गर्ने छ ।
    कार्यक्रमलाइ रेडियो अन्नपूर्ण नेपालको राज न्यौपाने र गुडन्यूज एफ एम कि निलिमा बिष्टले सन्चालन गर्नेछन् । उक्त कार्यक्रम बाट उठेको रकम भुकम्प प्रभाबित क्षेत्रका बिधालयको लागि खर्च गरिने छ । भुकम्प पिडीत , अपाङ्ग , बृद्ध बृद्धा , र बालबालिकालाइ परिचय पत्र भएको खण्डमा निशुल्क प्रबेशको व्यवस्था गरिएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4