पुस ५ , कलिउड अपडेट ।
चचित गायक प्रमोद खरेलको श्वर रहेको अर्को गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक म्यूजिक भिडियोमा नायीका अनु शाह र मनोज शर्माको अभिनय देख्न सकिन्छ । उक्त गीतमा गोबिन्द गौतमको शव्दमा बिकाश चौधरीको संगीत रहेको छ ।
शान्ति इन्टरटेनमेन्टबाट बजारमा आएको पहिलो किरण मा समाबेश उक्त गीतमा आफू मर्दैछु भनेर थाहा पाए पछि प्रेमिकाले प्रेमि संग टाढा हुन खोजिएको देखाउन खोजिएको छ । प्रेमिलाइ असाध्यै माया गर्दा गर्दै पनि उसैको नजरबाट झरेर टाढा हुन खोजिएको भाव प्रस्तुत गरिएको यो गीतको म्यूजिक भिडियोलाइ दयाराम घिमिरेले निर्देशन गरेका छन् भने छायांकन हरि नारायण चौधरीले गरेका छन् ।भिडियोका सम्पादनक बिरेन्द्र भाट् बिपिन हुन् ।