Like us on facebook

Advertisements

  • अबुधाबि पुलिस थापा मोडलिङ तिर

    सप्तरी घर भइ हाल अबुधाबि पुलिसमा कार्यरत निशान थापाको सानै देखि मोडलिङ तथा कलाकारीतामा रुचि थियो । बिहे गरेर एक महिना पनि श्रीमति संगै नबसि बिदेशिनुको पिडा उनमा थियो नै । बिदेशमा हरेक दिन एउटा फिल्म हेर्नु उनको दिनचर्या नै भएको उनि भन्छन् । फिल्म तथा म्युजिक भिडियो हेर्दा प्रमुख पात्रलाइ आफू सम्झी उनि एक्लै अभिनय गरिरहन्थे रे । एक दिन उनि पनि यस्तै गितको भिडियो मा अभिनय गर्न पाए हुन्थ्यो भनि सपना बुनिरहन्थे । लामो समय पछि उनको त्यो सपना पुरा भएको छ र कलाकारीताको ढोका खुलेको छ । nishan thapa

    हार्दिक मिडियाको प्रस्तुति एव संगितकार तेनहाङ राइको गिती एल्वम सानुमा समावेश शिर्षगितमा उनले अबुधाबिमै अभिनय गरेका छन् । राजेश बिद्रोहिको शव्द एव दिपक लिम्वुको आवाजमा रहेको उक्त गितको म्यूजिक भिडियोलाइ सन्चारकर्मि दयाराम घिमिरेले निर्देशन गरेका छन् । पहिलो पटक क्यामेरा फेस गरे पनि निशान नयां कलाकार जस्तो नलागेको निर्देशक घिमिरे बताउछन् । निशान लाइ मोडलिङमा साथ दिएकि छिन् नुवाकोट घर भइ हाल यूएइमै कार्यरत मेनुषा तामाङ ले ।
    हेरौ यो म्यूजिक भिडियो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4