Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • ‘म दयाहाङ राइको साथी र प्रियंका कार्किको ब्वाइफ्रेन्ड हुँ’ :निर्जन थापा (नायक)

    मोडलिङ लाइ आफ्नो पेशा बनाएका निर्जन थापाको परिचय बिस्तारै फराकिलो बन्दै गएको छ । सन २०११ मा म्यान हन्ट इन्टरनेशनल नेपाल को उपाधि जितेका थापा चलचित्र लालटिन बाट नायकको रुपमा नेपाली रजतपटमा उदाउदैछन् । लालटिन डेव्यू नायक निर्जन थापा संग हामिले कुराकानि गरेका छौ ।

    निर्जन जी कलिउड अपडेट मा स्वागत छ

    धन्यवाद ।

    अहिले व्यस्तता के मा ?

    अहिले म चलचित्र लालटिनको प्रोमोसनमा नै व्यस्त छु , चलचित्र जेठ २६ बाट  रिलिज हुदैछ । अलिअलि दौडधुप छ ।

    अहिले सम्म के के गर्नु भएको छ ?

    अहिले सम्म १५ वटा भन्दा बढि बिज्ञापन (टिभिसि) मा अभिनय गरेको छु भने म्यूजिक भिडियो यस्तै ३० — ३५ वटा भयो होला । यस्तै धेरै र्याम्प शो हरुमा भाग लिएको पनि छु ।

    ओके, अव लालटिनको कुरा गरौ, चलचित्रमा यहाँको क्यारेक्टर चाहि कस्तो हो ?

    म चलचित्र भित्र एक प्ले व्बाइ हुँ । चलचित्रका अर्का नायक दयाहाङ राइको साथि र एक मात्र नायीका प्रियंका कार्किको व्याइफ्रेन्ड हुँ । चलचित्र भित्र म निडर स्वभावको पात्र हुँ ।

    स्थापित कलाकारहरु प्रियंका र दयाहाङ संग संगै काम गर्दा को अनुभव कस्तो रह्यो ?

    प्रियंका कार्कि र दयाहाङ राइ संग काम गर्दा एकदमै सहज भयो । धेरै बुझ्ने र सिक्ने मौका पाए । अझ दया दाइ बाट मैले धेरै कुरा सिके । उहाँ एकदमै सहयोगि हुनुहुदो रहेछ ।

    रियल लाइफमा तपाइ एकदमै स्टाइलिस देखिनु हुन्छ । फिल्म मा कस्तो छ लुक्स ?

    म रियलमा जस्तो छु फिल्म भित्रको लुक्स पनि त्यस्तै छ । रियल लाइफ लुक्स र रिल लाइफ लुक्स म्याच गरेको छ तर क्यारेक्टर चै होइन ।

    समग्रमा लालटिन कस्तो बनेको छ ?

    समग्रमा भन्नु पर्दा लालटीन राम्रो बनेको छ । जतिले फिल्म हेर्नु भएको छ उहाहरुले तारिफ गरिदिनु भएको छ । चलचित्रमा एक्सन , कमेडी , लभ र सस्पेन्स छ । लालटिन फिल्म बास्तवमै फिल्म बनेको छ भन्दा फरक नपर्ला ।

    समयको लागि धेरै धेरै धन्यवाद निर्जन जी ।

    यहालाइ पनि मलाइ स्थान दिनु भएकोमा धेरै धेरै धन्यवाद ।

    Share the News

    Related News

    Adverstisements

  •  

     

     

     

     

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4