Like us on facebook

Advertisements

  • चन्द्र पन्तले भोजपुरी फिल्म इतिहास नै परिवर्तन गर्दै , ३ करोड भारुमा भोजपुरी फिल्म

    असार १९ , कलिउड अपडेट ।
    नेपालमा द्धन्द निर्देशकको रुपमा स्थापित चन्द्र पन्त आफ्नो निर्देशन यात्रा भोजपुरी फिल्म बाट आरम्भ गरेका छन् । ३ करोड भारतिय रुपैयामा निर्माण हुने चलचित्र निरहुवा चलल लण्डनको एक गितको यतिबेला नेपालका बिभिन्न स्थानमा छायांकन भइरहेको छ । जोमसोम , कागबेनी तथा पोखरा एयरपोर्टमा ७ दिन लगाएर एक गितको छायांकन गरिएको छ ।

    एउटा गितको मात्र छायांकनको लागि २० लाख खर्च भएको निर्देशक चन्द्र पन्तले कलिउड अपडेट लाइ जानकारी दिए । जव कि अहिले बनिरहेका भोजपुरी गितहरु २ लाख निर्माण हुने गरेको उनको भनाइ छ । कलिउड अपडेट संगको कुराकानिमा निर्देशक पन्तले यो चलचित्रले भोजपुरी फिल्मको इतिहासलाइ नै परिवर्तन गर्ने बताउछन् ।
    ४० प्रतिशत छायांकन नेपाल र ६० प्रतिशत छायांकन लण्डनमा गरिने यो चलचित्र मा भोजपुरि फिल्मका सुपरस्टार दिनेश लाल यादव (निरहुअा ) तथा हिट नायीका आम्रपालि दुवे ले अभिनय गरीरहेका छन् । नायक दिनेश लाल यादव यस्ता नायक हुन् जसले अमिताभ बच्चन देखि सलमान खान सम्म काम गरेका छन् ।सन्तोष मिश्राको लेखन रहेको चलचित्रलाइ सोनु खत्रि , सुरज खड्का ले  निर्माण गरिरहेका छन् । जोमसोम र पोखराको छायांकन सकिए पछि छायांकन यूनिट बिरगंज तर्फ लागको छ । 

     

     

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4