बैसाख २९ , कलिउड अपडेट ।
नेपालमा द्धन्द निर्देशकको रुपमा स्थापित चन्द्र पन्त यतिबेला भोजपुरी फिल्म निर्देशनमा लागेका छन् । पन्तले निर्देशन गर्ने फिल्मको नाम हो निरहुआ चलल लण्डन ।
भोजपुरी पृष्ठभुमिकै कथा बोक्ने उक्त चलचित्रको ९० प्रतिशत छायांकन यूरोप र बेलायतमा हुने निर्देशक पन्तले जानकारी दिए । केहि दिन अघि राँचिको पाँच तारे होटलमा यो चलचित्रको शुभमुहुर्त गरिएको थियो । फिल्ममा भोजपुरी फिल्मको सुपरहिट नायीका निरहुवा आम्रपालिलाइ बधाइ दिन भोजपुरि फिल्मका सुपरस्टार रबिकिशन पनि कार्यक्रममा पुगेका थिए ।
करिव ४ करोड भारतिय रुपैयामा निर्माण हुने यो चलचित्रलाइ भोजपुरी फिल्म इतिहासकै महंगो फिल्म भएको निर्देशक पन्त बताउछन् । सन्तोष मिश्राको लेखन रहेको चलचित्रलाइ सोनु खत्रि , सुरज खड्का र मंदार कुमल हुन् । यो चलचित्रको छायांकन बिरगंज र मुस्ताङमा पनि हुने छ ।