चैत्र ९ ,कलिउड अपडेट ।
अधिकांश अन्र्तबार्तामा निर्माता निर्देशक आफूलाइ त्यो बेला दुख लाग्ने बताउछन् जव फिल्म रिलिज को समयमा फिल्मका नायक नायीकाले साथ छोड्छन् तर यो शुक्रबार बाट रिलिज हुने चलचित्र निर्भयका निर्देशक मधुसुधन भट्टराइ र निर्माता देबि प्रसाद पाण्डे भने भाग्यमानि निर्माता निर्देशकको रुपमा देखिएका छन् ।
चलचित्र निर्भय चैत्र ११ देखि रिलिज हुदैछ । यो चलचित्रको प्रसार प्रसार यतिबेला राजधानि देखि मोफसलका मुख्य मुख्य शहरहरुमा जोडतोडका साथ भइरहेको छ । चलचित्रको निर्माण यूनिट , नायक निखिल उप्रेति र नायीका निता ढुंगानाको टोलि बिभिन्न स्थानमा पुगेर पत्रकार भेटघाट कार्यक्रम गर्यो । चलचित्रको प्रोमोसनको समयमा कलाकारहरुको साथ पाएकोमा निर्देशक मधुसुधन भट्टराइ खुसि देखिएका छन् ।
आफूले बनाएको चलचित्र जसरी नायक निखिल उप्रेति निर्भयको लागि लागिरहँदा चलचित्रका दर्शक बढ्नेमा दुइ मत छैन । आफ्नो करिअरकै महत्वपूण भएको बताउदै आएका निर्देशक भट्टराइ नायक नायीकाको भरपुर साथले उत्साहित छन् । चलचित्रमा निता ढुंगाना , निखिल उप्रेति संगै बिकाश चापागाइको पनि महत्वपूर्ण भुमिका रहेको बुझिएको छ ।