Like us on facebook

Advertisements

  • चितवनमा निर्भय , निखिलको खतरनाक एक्सन खिचिदै

    श्रावण २२ , कलिउड अपडेट ।
    एक्शन किङ्ग निखिल उप्रेतीको अभिनय रहेको नया चलचित्र ‘निर्भय’को छायांकन अहिले चितवनको सौराहा स्थित बाघमारा सामुदायिक वनको आसपासमा  भै रहेको छ ।चलचित्रको ८० प्रतिशत छायांकन काठमाडौं सकेर चलचित्र युनिट बाकी २० प्रतिशत छायांकनको लागि चितवन पुगेकाे हो ।
    NIKHIL
    अहिले चलचित्रको चितवन राष्ट्रिय निकुञ्ज भित्र तिन वटा एक्शनका  दृष्यहरुको धमाधम छायांकन  भै रहेको छ भने चलचित्रको एउटा गीतको छायांकन समेत चितवनमा नै गरिने छ ।
     
    रियल  स्टन्ड दिने साहसिक नायक निखिल उप्रेतीले  यो पटक चलचित्र ‘निर्भय’मा खतरनाक उडेको दृष्य दिएका छन्  । दुई हात्तीको पिठ्यूँमा बसेर उनले चलचित्रमा केहि फरक एक्शन दिनको लागि आफुले पुरै ज्यान लगाएर काम गरेका छन्  ।निखिल उप्रेती भन्ने बितिकै दर्शकले केहि फरक एक्शन चाहेको भन्दै यस चलचित्रमा पनि उनले फरक एक्शन दिन खोजेको बताएका छन्  ।
     
    एक्शन निर्देशक हिमाल केसी निर्माण युनिटले सबैको कुरा पुरा गरिदिएकोले चलचित्रको एक्शनमा कुनै कामि नहुने बताउछन् ।
     
    चलचित्रलाई चितवनकै युवा निर्देशक मधुसुदन भट्टराईले निर्देशन गरीरहेका छन् । प्रसिद्धि सिने आट्सको पहिलो प्रस्तुति रहेको निर्भयलाई  देवी प्रसाद पाण्डेले निर्माण गर्नु भएको हो  चलचित्रमा यम थापाको लेखन, रामशरण उप्रेतीको छायांकन, अर्जुन पोखरेल र ताराप्रकाश लिम्वुको संगित,रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ  ।
     
    चलचित्रमा निखिल उप्रेती, नीता ढुंगाना ,शुशिल पोखरेल, विकास चापागाई, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदिप ढकाल, प्रज्ज्वल गिरी, रश्मि भट्ट लगायतको अभिनय रहेको छ । 

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4