असोज ९ , कलिउड अपडेट ।
चलचित्र बितेका पलमा लगानि गरेका निर्माता क्रिस रिजाल अमेरीकामा बसेर पनि नेपाली फिल्म निर्माणमा समय दिने गरेका छन् । निर्माता रिजालले लघु फिल्म होक्से निर्माण गरेका छन् । होक्सेमा किड्नी बेचबिखन को कथा देखाइएको छ ।
चर्चित म्यूजिक भिडियो निर्देशक प्रसन्न पौडेलको निर्देशनमा बनेको यो फिल्ममा आर्यन सिग्देल, नम्रता श्रेष्ठ र प्रेम बानिँया प्रमुख भुमिकामा छन् । ट्रेलरमा आर्यन र नम्रतालाई देखाइएको छ । यो फिल्ममा काभ्रे जिल्लाको होक्से गाउँको सत्य घटना समावेश गरिएको छ । विभिन्न बाध्यता र ठगीका कारण मृगौला बेचविखन हुने यो गाउँको कथा फिल्ममा उतार्ने प्रयास गरिएको निर्माता रिजालले बताए ।
फिल्मलाई विदुर पाण्डेले खिचेका हुन् भने प्रकाश तुलाधारले सम्पादन गरेका हुन् । भिएफएक्स टेकेन्द्र शाहको रहेको छ भने स्क्रिप्ट विम्ब अधिकारीको हो ।