Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • नयाँ बर्षको अवसरमा डालसमा भव्य कार्यक्रम , पुराना कलाकारलाइ प्राथमिकता

    कलिउड अपडेट ।
    नेपाली नयाँ बर्षको अवसर पारेर अमेरीकाको टेक्सस राज्य स्थित डालसमा बृहत सास्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । आइ बि सि को प्रस्तुतिमा नेप्लीज सोसाइटि टेक्सस र इन्द्रेणि सास्कृतिक संघको संयुक्त आयोजना रहेको उक्त कार्यक्रममा कुनै समय नेपालमा ख्याति प्राप्त कलाकारलाइ पुन दर्शक सामु ल्याइदैछ ।


    कुनै समय एकदमै लोकप्रिय व्यान्ड ओकिली का गायक अनिस सापकोटा , खाने भए खाउ माया , बत्ति बालेर जस्ता रमाइला गीत गाउने गायक रतन सुवेदी , पपस्टार निमा रुम्बा , लोकगायक भगवान भण्डारी , लोकगायीका शिला आले र स्थानिय म्यूजिकल व्यान्डहरुले उक्त कार्यक्रम धमाकेदार बनाउने आयोजकका तर्फ बाट भक्त भण्डारीले जानकारी दिए ।
    अघिल्लो जेनेरेशनमा एकदमै रुचाइएका तर अहिलेको जेनेरेशनले खासै नचिन्ने अग्रज कलाकारलाइ सम्मान स्वरुप यो कार्यक्रम आयोजना गरिएको आयोजक भण्डारी बताउछन् ।
    कार्यक्रम १३ अप्रिल स्थानिय समय अनुसार साँझ ५ः ३० बाट Hurst Banquet Hall 414 w.Bedford Euless,Rd, Hurst,TX 7 6 053 मा हुने छ ।

    Share the News

    Related News

    Adverstisements

  • PropellerAds

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4