Like us on facebook

Advertisements

  • निर्माता संघको साधारण सभा : हारे नवलले जिते आकाशले

    पुस १५ , कलिउड अपडेट ।

    बिबाद र बिरोध अनि कानुनि झमेला बिच निर्माता संघको साधारण सभा सम्पन्न भएको छ । सवै पदाधिकारी निर्बिरोध निर्बाचित भइ निर्माता संघले नयाँ कार्यसमिती पाएको छ ।

    यता नवल खड्काले साधारण सभा रोक्न जिल्ला प्रशाशन कार्यलय देखि पुनरावेदन अदालत सम्म पुगि साधारण सभा रोक्ने प्रयास गर्दै आएका थिए । आर्थिक हिनामिना तथा भ्रष्टचार भएको र बिधान बिपरित कार्य गरेको भन्दै निर्माता संघको साधारण सभा रोक्न बारम्बार पहल गर्दै आएका थिए । निर्बाचन हुने भए पछि नवल खड्काले अदालतको निर्णय अवज्ञा गर्ने व्यक्ति चलचित्रकर्मि नभइ अपराधि भएको स्टाटस फेसबुकमा पोष्ट पनि गरेका छन् ।
    खड्काको बारम्बारको कोशिशले फेल खाए पछि आकाश अधिकारीको प्यानल निर्माता संघमा प्रवेश गरेको छ । आकाशको साथमा निम्न कार्य समिती निर्बिरोध निर्बाचित भएका छन् ।

    अध्यक्ष – आकाश अधिकारी

    उपाध्यक्ष –  गोविन्द शाही , माधव वाग्ले

    महासचिव-  रोज राणा

    सचिव- छविराज ओझा,

    कोषाध्यक्ष- सुशिल पोख्रेल

    सदस्य-  करिश्मा मानन्धर , रोहित अधिकारी, अर्जुन कुमार, निकिता पौडेल, दीपेन्द्र के खनाल, भानुप्रताप, दीपकराज गिरी, चेतन सापकोटा, रौनक विक्रम कँडेल

    सबै कार्यसमिति निर्विरोध गराउन तीन जनाको उपाध्यक्ष पदमा दाबी रहे पछि विधान संसोधन गरि, वरिष्ठ उपाध्यक्ष पद थपिने गरी निर्माता केशव भट्टराइलाई वरिष्ठ उपाध्यक्ष पदमा ल्याइने र निश्चल बस्नेत र सुशान्त श्रेष्ठलाई सदस्य पदमा ल्याइनेछ । यस्तै, अन्य २ जना सदस्यलाई नयाँ कार्यसमितीले मनोनित गर्नेछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4