Like us on facebook

Advertisements

  • साइनोको ‘जात्रैमा भेटियो’ सार्वजनिक , मिरुना र राजको ठुम्का (भिडियो)

    कलिउड अपडेट ।
    नेपालकै पहिलो नायीका भुवन चन्दको निर्माण रहेको चलचित्र ‘साइनो’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मिरुना मगर र राजकुमारको अभिनय देख्न सकिन्छ । करिव १ दशक भन्दा अघि निर्माण भएको चलचित्र साइनोको नाम सापटि लिदै नयाँ साइनो निर्माण भएको छ । त्रिकोणात्मक प्रेमकथा बोकेको चलचित्र साइनोलाइ रमेश थापाले निर्देशन गरेका छन् । चलचित्रका सहनिर्माता सरन थापा हुन् ।

    सार्वजनीक गीतमा बसन्त सापकोटाको संगीत रहेको छ भने गीतमा प्रताप दास र मेलिना राइको आवाज रहेको छ । गीतलाइ चेतन कार्किले लेखेका हुन् ।
    जेठ १० गते प्रर्दशनमा आउने चलचित्र साइनोमा मिरुना र राजकुमारको साथमा निता ढुंगाना ,
    भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्म रामेश्वर कार्कीले खिचेका हुन् । बनिश शाहको काँधमा सम्पादनको जिम्मेवारी छ । फिल्ममा रोशन विक्रम भट्टराईको द्वन्द्व रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4