कलिउड अपडेट ।
चलचित्र नेप्टे निर्माण हुने भएको छ । पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै चलचित्रको निर्माणको घोषणा गरिएको हो ।
देवकुमार श्रेष्ठको निर्देशनमा तयार हुने चलचित्रमा दयाहाङ राई, रोहित रुम्बा, छुल्ठिम गुरुङ, माला लिम्बु, वुद्धि तामाङ, अर्जुन गुरुङ, श्याम राई , बाबु बोगटी, जय किशन बस्नेत, जयनन्द लामा, उत्तम केसी लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
रोहित रुम्बाको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रमा किरण माइकलको पटकथा तथा संवाद, रोहितकै कथा, हरि लामाको छायांकन, रोशन श्रेष्ठको एक्सन, दिनेश पाखि्रन र कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसी र मिलन मिलन श्रेष्ठको सम्पादन, बाबु बोगटी, रोहित रुम्बा, भानुभक्त ढकाल, यमनाथ मैनालीको संगीत रहनेछ ।
pic source – onlinekhabar