Like us on facebook

Advertisements

  • नेप्सीनेले किन्यो १ करोड १५ लाखमा ‘सेन्टीभाइरस’ को ओभरसिज राइट्स

    कलिउड अपडेट ।

    फागुन ९ बाट प्रर्दशनमा आउने चलचित्र ‘सेन्टी भाइरस’ को विदेश राइट्स विक्री भएको छ । नेपाली फिल्मको इतिहासमा सम्भवत अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा यो फिल्मको विदेश राइट्स विक्री भएको हो । फिल्मलाई अमेरिकाको नेप्सिने कम्पनीले १ करोड १५ लाख रुपैयाँमा विदेश राइट्स खरिद गरेको हो ।


    पटक पटकको बार्ता पछि सोमवार नेप्सिने कम्पनी कप्पनीका तर्फ बाट नेप्सीने कम्पनी नेपाल प्रमुख विधान कार्की , नेप्सीने नेपालका व्यवस्थापक दिपेन्द्र कार्कि र सुविहानी फिल्मस्को तर्फबाट सिताराम कट्टेलबीच कागजी सम्झौता भएको हो ।

    यो फिल्मको बिदेश राइट्स छ माया छपक्कैको भन्दा बढि हो । ‘छ माया छपक्कै’ को विदेश राइट्स १ करोड १० लाख मा विक्री भएको थियो । अब, ‘सेन्टी भाइरस’ सबैभन्दा महँगो मूल्यमा विदेश राइट्स विक्री हुने फिल्म बनेको छ ।
    २ करोडको लागतमा बनेको फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । फिल्मका सहनिर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको फिल्मका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् । चलचित्रको फनफनी बोलको गीत र ट्रेलर लाइ दर्शकले रुचाएका छन् ।
    चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘सेन्टी भाइरस’ को आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4