Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • नेपाली फिल्मको प्रमोशनमा, हिन्दी गीतमा नाच्दैं !

    कलिउड अपडेट(सुरज पौडेल) ।

    नेपाली चलचित्रको प्रमोशन कार्यक्रममा हिन्दी गीत बजाएर नाचें ! भन्दा तपाईलाई कस्तो लाग्छ ?, सुन्दा सामान्य लाग्ला तर यस्तै दृश्य देखिएको छ आज एक चलचित्र प्रमोशनमा ।

    काठमाण्डौं, बालाजुको बिजि महल अगाडी विर विक्रम २ प्रमोशनमा यस्तै दृश्य देखिएको हो । चलचित्रकैं गीतहरुले राम्रैं चर्चा बटुलिरहेको बेला उक्त चलचित्रले भने हिन्दी गीतमा नचाएर आफ्नो प्रमोशन गरीरहेको छ ।

    रमाईलो कुरा त झन् के छ भन,े हिन्दी चलचित्र सँगै नेपाली चलचित्रको रिलिजको दिन जुद्यो र ब्यापारघाटा भयो भनेर गनगन गर्ने चलचित्रकर्मी आफैं हिन्दी गीत बजाएर नाच्दा के सन्देश जान्छ दर्शकमा ?, त्यो बुझ्न जरुरी छ ।

    चलचित्र विर बिक्रम २ हाल प्रमोशनको लागी देश दौडाहमा छ । यसरी कार्यक्रम गरिरहदाँ केही दिन अगाडी पोखरामा पनि सडक जाम गरी कार्यक्रम गरेको भनेर स्थानियले विरोध जनाएका थिए ।

    Share the News

    Related News

    Adverstisements

  •  

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4